नवौ सस्करणको मार्पाक प्रिमियर लिग जेठ १३ गते काठमाण्डौमा हुँदै

धादिङ,०५ जेठ।
नवौ सस्करणको मार्पाक प्रिमियर लिग ९ःएी० फुटसल प्रतियोगिता जेठ १३ गते हुने भएको छ । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजना तथा मार्पाक सामुदायिक क्लब सह–आयोजनामा फ्रेन्डस स्टार फुटसल, भत्केपुल, काठमाण्डौमा प्रतियोगिता हुने भएको हो ।

धादिङको साबिक मार्पाक गा. बि. स. का खेलाडीहरुको सहभागितामा संचालन हुने फुटसल प्रतियोगितामा जम्मा ८ देखि १० टिम सहभागि हुने अनुमान गरिएको छ।

नेत्रावती डबजोङ्ग गाउपालिकाका युवा समाजसेवी राजाराम रिजालले मुख्य प्रायोजन गर्नुभएको नवौ सस्करण प्रतियोगितामा प्रथम, द्रितिय र तृतिय हुने टिमलाई नगद पुरस्कारको ब्यबस्था गरिएको छ भने बिजेता टिमले ट्रफि पाउने छ ।

साथै बिजेता टिमका हरेक खेलाडी, कोच र म्यानेजरलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टको ब्यबस्था गरिएको प्रतियोगिताका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

यसैगरि मिडिया पार्टनरमा जन अपडेट डटकम, धादिङ्ग पोष्ट र धादिङ्ग संचार रहेको छ भने रेडियो पार्टनरमा निलकण्ठ एफ.एम. रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्