धुनिबेशी नगरपालिका–६ धार्के बजारमा ८९ जनाले गरे रक्तदान

धादिङ,०७ जेठ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको २९ औं स्थापना दिवसको अबसरमा ८९ जनाले रक्तदान गरेका छन् ।

धुनिबेशी नगरपालिका–६ धार्के बजार स्थित महालक्ष्मी विकास बैंकको भवन परिसरमा ७७ जना पुरुष र १२ जना महिला गरी ८९ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महालक्ष्मी विकास बैँक, शाखा कार्यालय धार्केको आयोजना, नेपाल रेडक्रस सोसाईटी धुनिबेशी उपशाखाको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा धादिङ जेसिजको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्