साङ्कोष मा.विमा सुन्दर अक्षर लेखन प्रतियोगिता सम्पन्न

धादिङ । नीलकण्ठ नगरपालिका वडा न १२ मा रहेको साङ्कोष माविमा सुन्दर लेखन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा २ देखि ११ सम्मका बिद्यार्थीहरुलाई अग्रेजी र नेपाली दुवै माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगितामा सहभागीहरुमध्ये दुवै माध्यमका उत्कृष्ट प्रत्येक कक्षाका एक एक जनालाई बिद्यालयका प्रअ खेसर प्रसाद कार्पीले पुरस्कार प्रदान गर्नु भएको थियो ।
बिद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलाप मध्ये सुन्दरलेखन प्रतियोगिता बार्षिक कार्यक्रम अनुसार संचालन भई सम्पन्न भएको बिद्यालयका सुचना अधिकारी गोविन्द कोईरालाले बताउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्