जिल्ला प्रहरी कार्यालय धादिङद्धारा थुनुवा र प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण

धादिङ,०९ जेठ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा प्रहरी कर्मचारीहरुको नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा धादिङ जिल्ला अस्पताल धादिङ र लैङगिक हिंसा नियन्त्रण संजाल समिति तथा गैर सहकारी संस्था महासंघको अध्यक्ष शालिक राम दुवाडीको सहकार्यमा निशुलक स्वास्थ्य परीक्षण गरिएको हो ।

प्रहरी कार्यालय धादिङको प्राङगणमा कार्यालयमा अनुसन्धानको क्रममा राखिएका थुनुवा र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु सेमत गरी ३० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको उपस्थितिमा धादिङ अस्पतालका चिकित्सहरुद्धारा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्