सांसद रवि लामिछाने विरुद्ध मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछाने विरुद्धको मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गते सुनुवाइको मिति तोकिएको छ ।

लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेलले मुद्दा दायर गर्नुभएको हो । रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ ।

रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म लामिछानेलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा जिकिर गरिएको छ। सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्