बागमती सरकारले घटायो सवारी साधनको भाडा

बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ। मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राजपत्रमा प्रकाशित भएपछि घटाइएको भाडादर लागू हुनेछ। बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्