१३ हजारभन्दा धेरै प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो,धादिङमा २२५ शिक्षक माग(विज्ञापनसहित)

धादिङ।शिक्षक सेवा आयोगले प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ। आयोगले देशभर १३ हजार ९३ पदका लागि बिज्ञापन गरेको हो।आयोगले धादिङको लागि २ सय ५५ शिक्षक माग गरेको छ।

आयोगले सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।

ईच्छुक उम्मेदवारले आजकै मितिदेखी माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अविलम्ब शुल्कमा परिक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ।सो विज्ञापनको समान्य तर्फको परिक्षा आगामी चैत्र २० गते हुने आयोगले जनाएको छ।

आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ।

हेर्नुहोस विज्ञापन

getfiles

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्