उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्राे भएको छ।

नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएको थियो ।

तेस्रो र चौथो सेट २५-१५ र २५-१३ मा जितेर नेपालले तेस्रो स्थान पक्का गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्