साईबर क्राईम तथा लागु औषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ,१४ जेठ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा साईबर क्राईम तथा लागु औषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला युवा समिति धादिङको संयुक्त आयोजनामा साईबर क्राईम तथा लागु औषध सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले धादिङमा लागुऔषधको मुद्धा दर्ता बढ्दै गएकोे बताउनुभएको छ । मिश्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा यो चालु आर्थिक वर्ष २०७९÷०८० मा लागुऔषध तथा साईबर अपराधको मुद्धा दर्ता बढेको हो । चालु आर्थिक वर्ष २०७९/०८० मा लागुऔषध मुद्धा ३६ वटा दर्ता भएकोमा ३५ वटा मुद्धा फर्छौट भएको र १ वटा मुद्धा फर्छौट गर्ने बाँकी रहेको उहाँले बताउनु भयो ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा साईबर अपराधमा ६ हजार ७ सय ८८ जनाको मुद्धा परेको र फेसबुक म्यासेन्जर सम्बन्धी साईबर अपराधको निवेदन बढी आउने गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख मिश्रको भनाई छ । धादिङ जिल्लामा सबै भन्दा बढि गजुरी गाउपालिकामा लागुऔषध व्यापार भएको छ । कार्यक्रममा लागुऔषध तथा साईबर अपराधको वर्तमान अवस्था र रोकथाम तथा नियन्त्रणको उपायहरुको विषयमा छलफल गरिएको थियो

जिल्ला युवा समिति धादिङको अध्यक्ष सुनिता सिंखडाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, यातायात व्यबसायी, राजनितिक दलका प्रतिनिधी, सामुदायिक सेवा केन्द्र लगायत ट्राफिक प्रहरी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्