धादिङ अस्पतालमा ६२ जनाले गरे रक्तदान

धादिङ,१५ जेठ ।
१६ औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेशीमा ६२ जनाले रक्तदान गरेका छन् । हिमालयन बँैक लिमिटेड धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जना पुरुष र ८ जना महिला गरी ६२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो।

बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्