प्रथम जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता आसार १ गतेदेखि हुँदै

धादिङ,१६ जेठ ।
प्रथम जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता आसार १ गतेदेखि हुने भएको छ । धादिङ कबड्डी क्लवको आयोजनामा असार १ देखि ३ गते सम्म जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको लागि जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता गर्नपर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगिता खेल्न धादिङ जिल्लाका खेलाडी हुनुपर्ने वा धादिङ कै कुनै विद्यालयमा अध्ययन गरेको विद्यार्थी हुनुपर्ने छ ।

प्रतियोगिताको विजेता पुरुष टिमले ५० हजार र उपविजेताले ३० हजार, महिला विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्