नीलकण्ठ मा.विमा भएको लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम

धादिङ,१८ जेठ ।
नीलकण्ठ माध्यामिक विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय लोक–नृत्य प्रतियोगितामा एडभान्स् एकेडेमी प्रथम भएको छ । नीलकण्ठ माध्यामिक विद्यालयको ४९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एडभान्स् एकेडेमी प्रथम भएको हो ।

१९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा धादिङ बोर्डिङ स्कुल द्धितिय, चिल्डे«न पार्क आवसिय माध्यमिक विद्यालय तृतिय र बालमन्दिर मावि सन्तोना भएकोे छ।

प्रतियोगितामा विजयी विद्यालयलाई क्रमसः १० हजार, ७ हजार, तृतिय ५ हजार र सान्तोनालाई ३ हजार प्रदान गरिएको छ ।

नीलकण्ठ माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीको सभापतित्वमा भएको प्रतियोगितामा नीलकण्ठ नगर पालिकाका शिक्षा इकाई प्रमुख उप–सचिव नारायण वाग्लेकोे प्रमुख आतिथ्या रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्