राष्ट्रियसभाको बैठक अवरोध

नेकपा (एमाले) ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रियसभाको आजको बैठक अवरुद्ध पारेको छ ।

बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे आपत्ति जनाउँदै उठेर अवरोध गर्नुभएको थियो । एमाले सांसद भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै सच्याउनुपर्ने माग गर्नुभयो ।

“राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ, वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषयमा नेकपा एमाले प्रष्ट छ, तर संसदलाई छलेर मन्त्रिपरिषद्को निर्णयबाट प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष पठाउने काम आपत्तिजनक, गैरलोकतान्त्रिक र गैरसंवैधानिक छ”, उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति असहमति जनाउँदै एमालेका सांसदहरुले जवाफसमेत माग गर्नुभएको छ । एमालेका सांसदहरुले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगीत गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्