स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघको अध्यक्षमा दीपक विश्वकर्मा

स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघको अध्यक्षमा नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा चयन भएका छन्।

देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय काठमाण्डौमा सम्पन्न भेलाले स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ’ गठन गरि अध्यक्षमा विश्वकर्मालाई सर्वसहमत चयन गरेको हो । भेलाले तत्कालका लागि महासंघमा रहने २१ सदस्यीय समितको गठन गरेको छ।

महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली चयन भएका छन् । त्यस्तै महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा,उपमहासचिमा गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर, कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन चयन भएका हुन् ।

भेलाले १५ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ। घोषणापत्रमा जेठ २१ लाई दलित अधिकार दिवस मनाउनुपर्ने मागदेखि एक पालिका एक दलितलाई छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढाउने लगायतका विषय समेटिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्