ज्वालामुखीमा प्रथम पालिका स्तरीय शौक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला

धादिङ,०१ असार ।
ज्वालामुखी गाउँपालिकामा प्रथम पालिका स्तरीय शौक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला २०८० सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ४ स्थित बराहकालिका माध्यमिक विद्यालयमा शैक्षिक मेला सम्पन्न भएको हो ।

शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन र पुर्वाधार समृद्ध ज्वालामुखीको मुल आधार भन्ने नाराका साथ संचालन भएको शैक्षिक सामग्री प्रदर्शनीमा ज्वालामुखी गाउँपालिकाको १२ वटा माध्यमिक विद्यालयको सहभगीता रहेको थियो ।

शिक्षामा परिवर्तन र नयाँपन ल्याउन र विद्यार्थीहरुको लुकेर बसेको प्रतिभालाई बाहिर ल्याउनको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ । कार्यक्रममा विद्यार्थीहरुको सहभागिताको उत्साह देखेर आफुलाई निकै खुसी लागेको अध्यक्ष दनैले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १५ हजार, द्वितीय हुनेलाई १२ हजार तृतीय हुनेलाई १० हजार र सान्त्वनालाइ ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै सहभागि सबै विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको छ । गाउपालिका अन्तर्गत ५ र ८ कक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक र विद्यार्थीलाई समान्न समेत गरिएको थियो ।

बराहकालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद राज तिमल्सिनाको अध्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, वडा अध्यक्षहरू, शिक्षक शिक्षाका, विद्यार्थी लगायतको उपस्थित रहेको थियोे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्