नेत्रावती डबजोङका कृषकहरुलाई मौरी सहितको घार वितरण

धादिङ,०३ असार
नेत्रावती डबजोङ गाउँपालिकाका कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएको हो ।

लघु उद्यम विकासद्वारा वडा नं ३ मा संचालन भएको मौरी पालन सम्बन्धी १४ दिने तालिम प्राप्त उद्यमीहरुलाइ मौरी सहितको घार वितरण गरिएको उद्यम विकासका फोकल पर्सन ज्ञानेन्द्र राज दाहालले बताउनुभयो ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत वडा नं ३ का ४० जनालाई मौरी सहितको घार वितरण गरिएको दाहालले बताउनुभयो ।
मौरी सहितको घार वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङ, स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्