अखिल नेपाल कबड्डी संघ धादिङको अध्यक्षमा रत्नेश कुमार यादव

धादिङ,०५ असार ।
धादिङबेशीमा अखिल नेपाल कबड्डी संघ धादिङ गठन भएको छ । मंगलबार सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले रत्नेश कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल कबड्डी संघ धादिङ गठन गरेको हो।

नव गठित कार्य समितिको उपाध्यक्षमा सरिता मायाँ घले र बिप्शा तामाङ, सचिवमा विवेक मानन्धर, कोषाध्यक्षमा मनिश श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा रञ्जित श्रेष्ठ, सुमित दुधराज, श्री कृष्ण रिजाल, विशाल सापकोटा, विनोद थापा मगर, सुरेन्द्र उप्रेती, अनु तामाङ, सुदिप अधिकारी रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्