बाँदर नियन्त्रणको उपाय नखोजे जस्तोसुकै आन्दोलनमा उत्रने धादिङका किसानको चेतावनी

धादिङ– धादिङका बाँदरपीडित किसानहरुले धादिङबेसीमा विरोध र्‍याली गरेका छन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, बाँझो बारीको क्षतिपुर्ति दे, राष्ट्रको सान किसानको सम्मान’ भन्ने लगाएतका नारा लगाउदै जुलुस गरेका हुन् ।

धादिङको नीलकण्ठ नगरपालिका, ज्वालामुखी र त्रिपुरासुन्दरी गाँउपालिकाका बाँदर पीडित किसानहरुले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र पनि बुझाएका छन् । बाँदरले नष्ट गराएको बाली समेत बोकेर र्‍यालीमा उत्रिएका किसानहरुले कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ का तिल प्रसाद लम्सालले बताए । बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको लम्सालको भनाई छ ।

नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो बनेको बताए । बारम्बार स्थानिय प्रशासन, कृषि, बन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई नभएको भन्दै आक्रोश व्यक्त गरे । हुलमा आउने बाँदरहरुले अन्नबाली नाससँगै महिला, केटाकेटीलाई आक्रमण समते गर्ने भएकोले झन समस्या भएको कुमारी दुवाडीले बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्