गजुरी गाउँपालिकामा गाउँपालिका स्तरीय माटो परिक्षण कार्यक्रम सम्पन्न

धादिङ,०८ असार ।
गजुरी गाउँपालिकामा गाउँपालिका स्तरीय माटो परिक्षण कार्यक्रम गरिएको छ । गजुरी गाउँपालिका कृषि शाखाको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला मकवानपुर हेटौडाको सहकार्य माटो परिक्षण गरिएको हो ।

माटोमा भएको अवस्था पहिचान गरी त्यस माटोमा कुन बाली लगाउदा राम्रो हुन्छ भन्ने उद्देश्यले माटो परिक्षण कार्यक्रम गरिएको गाउँपालिकाका कृषि प्राविधिक शर्मिला सुवेदीले बताउनुभयो ।

माटो परिक्षण कार्यक्रममा ३१७ स्याम्पल परिक्षण गरिएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला मकवानपुर हेटौडाका भरत गुरुङ र शिव बाबु जोशीको टोलिले माटो परिक्षण गर्नुभएको हो ।

माटो परिक्षण कार्यक्रम पश्चात वडाका कृषि प्राविधिकहरुलाई माटो परिक्षण सम्बन्धि सहजिकरण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्