२०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउँछ : भानुभक्त ढकाल

धादिङ,१० असार ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन इन्चार्ज भानुभक्त ढकालले आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

बजारमा नयाँ नयाँ झुटको एजेन्डा खडा गरि एमाले पार्टी र अध्यक्ष कमरेडका विरुद्ध अफवाहको षड्यन्त्र भैरहेकोले पार्टीका जिम्मेवार कार्यकर्ताले त्यस्ता गलत प्रवृत्तिको भण्डाफोर गरि पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

आइतबार धादिङबेशिमा नेकपा एमाले धादिङले आयोजना गरेको जनसंगठको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता ढकालले नेकपा एमाले हिजो पनि आज पनि र भोलि पनि पहिलो पार्टी भएको र आगामी ०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभएको हो ।

समाजवादी मोर्चा प्रती लक्षित गर्दै स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आफ्नो कुनै भबिस्य नदेखेपछी दुनियाँलाई भ्रममा पार्न र आफ्ना कार्यकर्ता तह लगाउन मोर्चा गठन गरेकोले यसको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा जनसंयन्त्रको बागमती प्रदेश इन्चार्ज रचना खड्काले नेकपा एमालेले मिशन ०८४ लिएर अगाडि बढेकोले वडा तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरण गर्नुपर्ने बताउनु भयो ।

नेता खड्काले एमालेको जनबर्गिय संगठनका युवाहरूले एमाले पार्टीले बिगतमा गरेको राम्रो कामको प्रचार गर्दै अहिलेको सरकारले गरेको गलत कामको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले नेकपा एमाले पार्टीले ०८४ मा ८० प्रतिशत भोट आफ्नो पक्षमा ल्याउने बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य नरेश खतिवडा, गंगादेवि श्रेष्ठ , उमा नेपाल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले धादिङको २३ वटा जनबर्गिय संगठनको केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य तथा पालिका कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्