ज्वालामुखी–५ स्थित दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा

धादिङ,१२ असार ।
ज्वालामुखी गाउँपालिकाको वडा नं ५ स्थित दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

खाली गाउँ टोल विकास समिति वडा न ५ को आयोजना तथा ज्वालामुखी गाउँपालिका र शान्ति नेपाल को सहयोग नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

नेपाल सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले दुईघरे भदुवार र खाली गाउलाई ५ वटा विषयगत क्षेत्रको १५ वटा सुचकहरुलाई पुर्ण सरसफाइ युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

पुर्ण सरसफाइ मार्गदर्शन २०७३ ले ५ वटा ब्यवहारहरु नियमित रुपमा चर्पीको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरफाइका १५ वटा सुचकहरु पुरा गरेमा पूर्ण सरसफाईयुक्त गाउँ भन्न मिल्ने उहाँले बताउनुभयो ।
हालसम्म ज्वालामुखी गाउँपालिकामा १३ प्रतिशत घर धुरीलाई स्वच्छ गाउँ घोषणा गरिएको श्रेष्ठले बताउनुभयो ।

नमुना, सफा र स्वच्छ गाउँ घोषणा समारहोलाई सम्बोधन गर्नुहूँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले घर घर गएर अनुगमन गर्दा स्वच्छ र सरसफाइ देख्दा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नमुना, सफा र स्वच्छ गाउँ बनाउन निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

सरसफाइमा ध्यान नदिनाले विभिन्न किसिमको रोग लाग्ने गाउँबासीलाई सरसफाईमा विषेश ध्यान आवश्यक रहेको अध्यक्ष दनैले बताउनुभयो ।
नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको दुईघरे भदुवार र खाली गाउमा हाल १०० घरधुरी रहेको छ । ज्वालामुखी गाउँपालिको यसअघि वडा नं ३ को मिलिजुली टोल र सन्यासी टोललाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्