व्यवसायीक योजना निमार्ण तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम धादिङबेशीमा सुरु

धादिङ,१७ असार ।
व्यवसायीक योजना निमार्ण तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम धादिङबेशी सुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा ३ दिने तालिम आजदेखि सुरु भएको हो ।

तलिममा आज पहिलो दिन व्यावसायिक योजना के हो ? व्यावसायिक योजनामा कस्ता जानकारीहरु उल्लेख हुनुपर्छ ? व्यवसायीक योजना किन चाहिन्छ ? लगायतका विषयमा छलफल गरिएको थियो । लेखनाथ इटनीले सहजीकरण गर्नुभएको तालिममा ३७ जनाको सहभागिता रहेको छ ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्