निजामति कर्मचारीका छोराछोरीलाई झण्डै १८ करोड छात्रवृत्ति

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई उच्च शिक्षाका लागि शैक्षिक प्रोत्साहन वृत्तिबापत झण्डै १८ करोड रूपैयाँ प्रदान गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विज्ञप्ती निकालेर चालु आर्थिक वर्षमा निजामती कर्मचारीका ६ सय ८७ जना सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्तिबापत १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रूपैयाँ सम्बन्धित कर्मचारीको खातामा पठाइएको जानकारी गराएको हो ।

यसरी शैक्षिक प्रोत्साहन वृति प्राप्त गर्नेमा सबैभन्दा बढी चिकित्सा शास्त्र अध्ययनरत १ सय ४४ जना विद्यार्थीका लागि ७ करोड १७ लाख भुक्तानी गरिएको छ । यस्तै इन्जिनियरिङतर्फ २ सय २९ जनालाई ५ करोड ६९ ला ०७ हजार ७ सय ५८ रूपैयाँ भुक्तानी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्