धादिङबेशीबाट हराएको मोटलसाईकल सहित दुई जना पक्राउ

धादिङ,१९ असार ।
जिल्ला प्रहरी कार्यालय धादिङले धादिङबेशीबाट हराएको मोटलसाइकल सहित दुइ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–११ बस्ने बर्ष–२० को सुरज बोगटी र नेत्रावती डबजोङ गाउँपालिका–२ बस्ने बर्ष–२० को बिशाल गुरुङ रहेका छन्।

निलकण्ठ–३ स्थित एमाले चोकको सडक किनारामा पार्किङ गरी राखेको अवस्थामा आईतबार राति ११ः३० वजे रातो कालो रंगको बा ८१ प ५१०२ नम्बरको मोटरसाईकल चोरी भएकोले खोजतलास गरी पाउँ भन्ने खबर प्राप्त हुनासाथ सदरमुकाम प्रवेश गर्ने नाकाहरुमा नाकावन्दी गरी चेकजाँच गर्दा आँसीखोला दोभानबाट मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

साथै अन्य मोटरसाइकल, सामनहरु समेत चोरी हुन सक्ने कुरालाई मध्यनगर गरी आ–आफ्नो सवारी साधनहरुलाई सुरक्षित हिसाबले पार्क गरी राख्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्