नीलकण्ठ–११ भित्रका बाटोहरुमा ट्याक्टर चलाउन निषेध

धादिङ,१९ असार ।
नीलकण्ठ नगरपालिका वडा नं ११ ले वडा भित्रका बाटोहरुमा ट्याक्टर चलाउन निषेध गरेको छ ।

मंगलबार एक सुचना जारी गर्दै हाल वर्षातको समयमा बिभिन्न ठाउँमा पहिरो गई बाटोहरु अवरुद्ध भइ पटक पटक बाटो सफा गर्दा पनि बाटोमा पहिरो गइ बिग्रेको र त्यसै माथी ट्रयाकटरहरु दौडिदा पुरै बाटो नै बिगारेर अन्य गाडिहरु आवत जावत गर्न नै रोकिएको हुँदा ट्याक्टर हिडाउन निषेध गरिएको वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताउनुभयो ।

आजदेखि अर्को सुचना नआए सम्म वडा नं ११ को बाटोहरुमा ट्याक्टर हिडाउन नपाउने गरि निषेध गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
साथै अटेर गरेर ट्रयाक्टरहरु हिडाएको थाहा भएमा कडाईका साथ कारबाही गरिने श्रेष्ठले बताउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्