कलेजो क्यान्सरबाट पीडित नारायण श्रेष्ठद्धारा आर्थिक सहयोगको अनुरोध

धर्मका लागि मठमन्दिर धाउनु भन्दा अफ्ट्यारो मा परेकालाइ आफ्नो आफ्नो ठाउबाट सहयोग गरौ मानविय धर्म साथ सहयोग ले उपचार मा सहयोग गरौँ ।

धादिङ जिल्लाको नीलकण्ठ न.पा.-१४,धुवाकोट निवासी नारायण कुमार श्रेष्ठ बिगत केही महिना देखि कलेजोमा समस्या भै थप चेक जाँच को लागि भारतमा गई पुन चेकजाँच गराउदा कलेजोको क्यान्सर भएको भनी पुष्टि भई हाल नेपाल क्यान्सर हस्पिटल हरिसिद्दी ललितपुरमा उपचार भइरहेको छ, हालसम्म २० लाख खर्च भईसकेको र डाक्टरको भनाई अनुसार बाँकी थप अप्रेसन को लागि र ट्रान्स प्लान्ट को लागि ५० लाख लाग्ने भनेको हुँदा, निजले आफ्नो म्याजिक भ्यान , जग्गा बिक्री गरि उपचार गराईरहेको र अब थप उपचारको लागि आर्थिक स्थितिको कारणले समस्या भएकोेले , सानो सानो थोपा ले समुन्द्र बन्छ भने झैँ, तपाईं हाम्रो सानो सहयोग ले उहाँले नयाँ जीवन पाउनुहुनेछ भने, कृपया आफुले सक्ने सहयोग गरौं , तपाईं हाम्रो सानो सहयोगले उहाँलाई नयाँ जीवन दिन को लागि निज नारायण कुमार श्रेष्ठ को खाता  मा देश बिदेश मा बस्नुहुने सम्पूर्ण दाजुभाइ , दिदिबहिनी हरुलाई थोपा थोपा जम्मा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । (नारायण कुमार श्रेष्ठ NIC ASIA Bank Ac No. E587483493524001   बचाउ अभियान) धर्मका लागि मठमन्दिर धाउनु भन्दा अफ्ट्यारो मा परेकालाइ आफ्नो आफ्नो ठाउबाट सहयोग गरौ मानविय धर्म साथ सहयोग ले उपचार मा सहयोग गरौँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्