आज एकैदिन धादिङका ५० जनामा डेंगु संक्रमण पुष्टि

धादिङ,१० बैशाख ।
धादिङमा आज एकैदिन ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ४७ जना, सिद्धलेक, त्रिपुरासुन्दरी र खनियाबास गाउँपालिकाका १/१ जना गरी ५० जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो १० दिनको अवधिमा जिल्लाका २८५ जना डेंगु संक्रमित भइसकेका छन् । जस्मा १५३ जनाज पुरुष र १३२ जना महिला रहेका छन् । कुल संक्रमित २८५ जना मध्ये २६८ जना नीलकण्ठ नगरपालिकाका रहेका छन् ।

जिल्लाको ज्वालामुखी गाउँपालिकामा ५ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, गल्छी, खनियाबास र त्रिपुरासुन्दरी गाउँपालिकामा २÷२ जना, बेनीघाट रोराङ, गंगाजमुना र रुवी भ्याली गाउँपालिकामा १/१ जना संक्रमित भएका छन्।

धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ।

डेंगु संक्रमणको जोखिमको बढ्दै गएपछि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय धादिङका लगायतका सरोकारवाला निकायले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्