धादिङमा थपिए ६४ जना डेंगु संक्रमित

धादिङ,१५ साउन ।
धादिङमा आज एकै दिन ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका ५८ जना, ज्वालामुखीका ३ जना, खनियाबासका २ जना र सिद्धलेकका १ जना गरी ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार १५ दिनको अवधिमा धादिङका ५६५ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा ३०५ जना पुरुष र २६० जना महिला रहेका छन् ।

धादिङका १३ पालिका मध्ये सबै भन्दा धेरै ५१५ जना संक्रमित नीलकण्ठ नगरपालिकाको रहेको कार्यालयले जनाएको छ ।

जिल्लाको ज्वालामुखी गाउँपालिकामा १६ जना, बेनीघाट रोराङ, सिद्धलेक र खनियाबासमा ६÷६ जना, गंगाजमुनामा ५ जना, त्रिपुरासुन्दरीमा ३ जना , गल्छी, नेत्रावती डबजोङ र रुवीभ्यालीमा २÷२ जना र धुनिबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

डेंगु संक्रमणको जोखिमको बढ्दै गएपछि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय धादिङका लगायतका सरोकारवाला निकायले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्