धादिङका थप ४२ जनामा डेंगु संक्रमण पुष्टि

धादिङ,१६ साउन ।
धादिङका थप ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार नीलकण्ठ नगरपालिकाका ४० जना, त्रिपुरा सुन्दरी र रुवी भ्याली गाउँपालिका १÷१ जना गरी ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन १ गते देखि हालसम्म जिल्लाका ६०७ जना डेंगु संक्रमित भएका छन् । जस मध्ये ३२८ जना पुरुष र २७९ जना महिला रहेका छन् । धादिङका कुल संक्रमित मध्ये सबै भन्दा धेरै नीलकण्ठ नगरपालिकामा ५५५ जना संक्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्