धादिङबेशीमा ६२ जनाले गरे रक्तदान

धादिङ,२८ साउन ।
नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिक उत्सवको अवसरमा ६२ जनाले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा भएको कार्यक्रममा ५७ जना पुरुष र ५ जना महिला गरी ६२ जनाले गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धादिङको सभा हलमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्