धादिङका थप ७४ जनामा डेंगु पुष्टि

धादिङ,२८ साउन ।
आज धादिङका ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ५७ जना, बेनीघाट रोराङ गाउँपालिकाका १०, ज्वालामुखीमा २ जना, सिद्धलेक, नेत्रावती डबजोङ, खनियाबास र रुवीभ्याली गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण भएको हो।

चालु आर्थिक वर्षको साउन महिनामा जिल्लाका १ हजार ४५२ जना डेंगु संक्रमित भइसकेका छन् । जसमध्ये ७४४ जना पुरुष र ७०८ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा १ हजार २६१ ज्ना डेंगु संक्रमित भएका छन् ।

ज्वालामुखी गाउँपालिकामा ४७, बेनीघाट रोराङ ३२, सिद्धलेकमा २६, त्रिपुरासुन्दरीमा २४, गंगाजमुनामा १६, खनियाबासमा १३, रुवीभ्यालीमा ११, नेत्रावती डबजोङमा ८, गल्छी, गजुरीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्