अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ, २९ साउन
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किनुभएको छ । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज स्वदेश फर्किनुभएको हो ।

अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको हो । आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन जानु भएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कनु भएको हो । उहाँ यही साउन २२ गते पार्टी सम्बद्व विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्