भदौ १ गतेदेखि वाग्मतीका सबै प्रादेशिक अस्पतालहरुमा भर्ना सेवा निशुल्क

आउँदो भदौ १ गतेदेखि वाग्मती प्रदेशका सबै प्रादेशिकअस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको हो ।

निस्शुल्क स्वास्थ्य सेवा दिने ध्येयका साथ प्रदेश सरकार लागेको हो । जनताले सर्वसुलभ ढंगबाट छिटो भन्दा छिटो स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ ।

प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्