धादिङमा थपिए ७३ जना डेंगु संक्रमित

धादिङ,३० साउन ।
धादिङका थप ७३ जनालाई डेंगु संक्रमण भएको छ । आज मंगलबार नीलकण्ठ नगरपालिकाका ६३ जना, सिद्धलेक गाउँपालिकाका ४ जना, ज्वालामुखी र त्रिपुरासुन्दरीका २/२ जना, गंगाजमुना र खनियावासमा १/१ जना गरी ७३ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

धादिङमा हालसम्म १ हजार ६०५ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा ८११ जना पुरुष र ७९४ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै १ हजार ४ सय जना डेंगु संक्रमित भएका छन् ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५१, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३१, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, नेत्रावती डबजोङमा ८, गल्छी, गजुरीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्