डेंगु संक्रमणबाट धादिङमा एक महिलाको मृत्यु, १७ सय ५५ जना संक्रमित

धादिङ,३२ साउन ।
डेंगु संक्रमणबाट धादिङमा एक महिलाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षिय महिलाको काठमाडौ स्थित त्रि.वि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिलाई साउन २९ गते धादिङबाट रिफर गरिएको थियो । त्यसैगरी आज नीलकण्ठ नगरपालिकाका ६४, सिद्धलेका ५, ज्वालामुखीका २ र गजुरीका १ जना गरी ७३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ।
धादिङमा साउन महिनामा १ हजार ७५५ जना डेंगुबाट संक्रमित भएका छन् भने नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५३१ ज्ना संक्रमित भएका छन् ।

ज्वालामुखी गाउँपालिकामा ५५, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३८, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, गजुरीमा १२, नेत्रावती डबजोङमा ८, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्