सुनको मूल्य स्थिर चाँदीको बढ्यो

शुक्रबार सुनको मूल्यमा स्थिरता आएसँगै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो । बिहीबार प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्