‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

काठमाडौँ, १ भदौ 

आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् ।

गणेशदेव पाण्डेले निर्देशन गर्नुभएको चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताउनुभयो । “चार महिला पात्रको संवेदना, चाहना र भोगाईलाई चलचित्रमा प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो ।

मिलन आले मगर निर्देशन गर्नुभएको चलचित्र ‘हिँड्दा हिँड्दै’ मा सलोन बस्नेत, आकाश श्रेष्ठ, रेखा शाह, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गर्नुभएको छ । मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रका लेखक सुशील पङ्गेनी हुनुहुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्