धादिङका १९ सय ३८ जनामा डेंगु संक्रमण

धादिङ,०३ भाद्र ।
धादिङका थप ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका ४६ जना, गल्छी,सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका १/१ जनामा डेंगु पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लमा १ हजार ९३८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा ९६९जना पुरुष र ९६९ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै १ हजार ६८२ जना संक्रमित भएका छन् ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५९ जना, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४३, त्रिपुरासुन्दरीमा २७, गंगाजमुनामा १८, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा १०, गल्छीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित रहेका छन् ।

लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्