धादिङका २४ जनामा स्क्रब टाइफस

धादिङ,०७ भाद्र ।
धादिङका आज २४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका १५ जना, ज्वालामुखीका ६ जना, सिद्धलेकका २ जना र गल्छी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

स्क्रब टाइफस रोगबाट हालसम्म धादिङका ६३ जना संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।

के हो ‘स्क्रब टाइफस’?

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ। तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनुपर्छ। शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्नेमा विज्ञले जोड दिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्