मंगलबार धादिङका ४५ जनामा डेंगु पुष्टि

धादिङ,१२ भाद्र ।
धादिङमा आज ४५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ३१ जना, त्रिपुरासुन्द्यरी गाउँपालिका ६ जना, बेनीघाट रोराङ गाउँपालिका ३ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका २/२ जनामा डेंगु पुष्टि भएको हो ।
हालसम्म जिल्लाका २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै २ अजार ३७ जना संक्रमित भइसकेका छन् ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ८१ जना, बेनीघाट रोराङ ६२, सिद्धलेकमा ६३, त्रिपुरासुन्दरीमा ४४, गजुरीमा २५, गंगाजमुनामा २०, खनियाबासमा १६, रुवीभ्यालीमा १३, नेत्रावती डबजोङमा १४, गल्छीमा ८ र धुनीबेशी नगरपालिकामा ७ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् । ११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्।

यसबाट बच्नको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्