पछिल्लो २४ घण्टामा धादिङका ३५ जनामा डेंगु पुष्टि

धादिङ,१४ भाद्र ।
धादिङमा डेंगु सक्रमित हुनेको संख्या २ हजार ४८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनामा डेंगु पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ४८८ पुगेको हो ।

बिहीबार नीलकण्ठ नगरपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, ज्वालामुखी गाउँपालिकाका २ जना, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका १/१ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

हालसम्म नीलकण्ठ नगरपालिकामा मात्रै २ हजार १०३ जना डेंगु संक्रमित भइसकेका छन् ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ८६ जना, बेनीघाट रोराङ ६३, सिद्धलेकमा ६५, त्रिपुरासुन्दरीमा ५०, गजुरीमा २६, गंगाजमुनामा २३, खनियाबासमा १६, रुवीभ्याली र नेत्रावती डबजोङमा १४ जना, गल्छी र धुनीबेशी नगरपालिकामा ८ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् । ११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्