धादिङका थप २२ जनामा डेंगु संक्रमण पुष्टि

धादिङका थप २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका १५ जना, बेनीघाट रोराङ गाउँपालिकाका ४ जना, ज्वालामुखीका २ जना र रुवी भ्यालीकाका १ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो सँगै धादिङमा डेंगु संक्रमित हुनेको संख्या २ हजार ७४७ जना पुगेको छ। जसमा १ हजार ४१२ जना महिला र १ हजार ३३५ जना पुरुष रहेका छन् । १२ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

हालसम्म नीलकण्ठ नगरपालिकामा २ हजार २९८ जना, ज्वालामुखी गाउँपालिकामा १०४ जना, बेनीघाट रोराङ ७०, सिद्धलेकमा ८६, त्रिपुरासुन्दरीमा ५६, गजुरीमा २९, गंगाजमुनामा २५, खनियाबासमा १६, रुवीभ्यालीमा १६ जना, नेत्रावती डबजोङमा १५ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्