रेडक्रस धादिङद्धारा राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयलाई सरसफाई सामाग्री वितरण

धादिङ, २९ भाद्र ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले नमुना वौद्विक अपाङ्गता आधारभुत विशेष विद्यालयलाई सरसफाई सामाग्री वितरण गरेको छ। शुक्रबार ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा नीलकण्ठ–३ स्थित नमुना वौद्विक अपाङ्गता आधारभुत विशेष विद्यालयलाई सरसफाई सामाग्री वितरण गरेको हो ।

विद्यालयलाई हाइजिन किट ३३ प्याकेट, ट्वाइलेट ब्रस ४ पिस, हर्पिक २ पिस, ठुलो डस्टविन ३ पिस, वाल्टिन १ पिस, ठुलो जग ४ पिस र सानो मग ८ पिस वितरण गरिएको रेडक्रस धादिङका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

सरसफाई सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्रि नेम बहादुर श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, उपमन्त्रि मिम्वा तामाङ, कार्यालय प्रमुख आगमन खतिवडा, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष निषा अधिकारी लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।

विद्यालयलमा अतिनै आवश्यक रहेको सामाग्रिहरू उपलब्ध गराएकोमा व्यवस्थापन समितिका अध्यक्ष निषा अधिकारीले विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्