धादिङका थप ४ जनामा डेंगु संक्रमण

धादिङ,०३ असोज ।
पछिल्लो समय धादिङमा डेंगु संक्रमित हुनेको संख्या घट्न थालेको छ । महामारीको रुपमा फैलिएको डेंगु संक्रमण केही साता यता संख्यामा कमी आएको हो ।

पछिल्लो २४ घण्टामा धादिङका ४ जना संक्रमित थपिएका छन् । बुधबार नीलकण्ठ नगरपालिकाका १ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका ३ जना गरी ४ जनामा संक्रमित थपिएका स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लाका १५ सय ७१ ज्ना महिला र १४ सय ७९ जना पुरुष गरी ३ हजार ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २५ सय २२ जना रहेका छन् ।

त्यसैगरी ज्वालामुखीमा १३०, सिद्धलेकमा ११०, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७, गजुरीमा ३० जना, गंगाजमुनामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना , नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११ जना, धुनिबेशीमा १० जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्