लम्पी स्किनका कारण आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पर्ने प्रक्षेपण

देशभरका पशुमा फैलिएको लम्पी स्कीनका कारण यसको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैङ्क (एडीबी) ले प्रक्षेपण गरेको छ।सन् २०२४ मा ४ दशमलब ३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा देखिने बताएको छ।

यस वर्ष सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । यस वर्ष वर्षायाममा पर्याप्त वर्षात नभएको र पशु चौपायामा फैलिएको लम्की स्किनको प्रकोपले कृषि क्षेत्रको विस्तार सङ्कुचित हुने एडीबीले जनाएको छ ।

यस वर्ष रियल इस्टेट थोक एवम् खुद्रा व्यापार, आवास तथा खाद्य सेवाको विस्तारले सेवा क्षेत्रले भने गति लिने एडीबीको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिमा देखिएको सुस्तता र नेपालको आयातको स्रोत मुलुक भारतमा मुद्रास्फीतिमा आएको कमीले नेपालको मूल्यवृद्धि भने नियन्त्रण भित्र रहने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्