धादिङमा आज ८ जनामा डेंगु र ६ जनामा स्क्रब टाइफस संक्रमण

धादिङ, १० असोज ।
धादिङमा आज ८ जना डेंगुका संक्रमित थपिएका छन । बुधबार नीलकण्ठ नगरपालिकाका ७ जना र ज्वालामुखी गाउँपालिकाका १ जना गरी ८ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लाका १६ सय २६ जना र १५ सय २३ जना गरी ३१ सय ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिका मात्रै २५ सय ९० संक्रमित रहेका छन् । ज्वालामुखी गाउँपालिकामा १३९ जना, सिद्धलेकमा ११७ जना, बेनीघाट रोराङमा ८१ जना, त्रिपुरासुन्दरीमा ६७ जना रहेका छन् ।

त्यस्तै गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा २० जना, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, धुनीबेशीमा १३ जना, गल्छीमा ११ जना, र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन्।

त्यसैगरी आज नीलकण्ठ नगरपालिकाका ५ जना र ज्वालामुखी गाउँपालिकाका १ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । यो सँगै चालु आर्थिक वर्षको साउन महिना यता जिल्लाका १५७ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्