टी ट्वाटी क्रिकेट : नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ, १० कात्तिक ।

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्धको फाइनल खेलमा नेपालले टस हारेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भएको टसमा युएईका कप्तान मुहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

यससँगै अब नेपाललले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउका साथ मैदानमा उत्रँदैछ । यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो । नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो। नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्