सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख १७ हजार रुपैयाँ

सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्