सहिद गणेश तामाङ ९दोन्दु०को शालिक मुख्यमन्त्री जम्कट्टेलद्वारा अनावरण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खनियाबास गाउँपालिका ४ धार्ना दार्खामा निमार्ण भएको जनयुद्धका सहिद गणेश तामाङ (दोन्दु) अनावरण गर्नु भएको छ ।

सोमबार एक कार्यक्रम बिच सहिद दोन्दुको शालिक मुख्यमन्त्री जम्कट्टेलले अनावरण गर्नु भएको हो । उक्त शालिक गाउँपालिकाको सहयोगमा निमार्ण भएको थियो ।
२०५८ साल असार २२ गते तारुका चौकी आक्रमणमा क्रममा सहभागि दोन्दुको प्रहरी सँगको भिडन्तका क्रममा सहादत भएको थियो ।

खनियाबास गाउँपालिकाका उपप्रमुख सेक्केमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस), सचिव दिपक लामिछाने (सुवोध), सहिद दोन्दुको धर्मपत्नी फुलमायाँ तामाङ, सहिद परिवारका अन्य सदस्यहरुको आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्