देशभरका सबै सरकारी कार्यालय भोलिदेखि ४ बजेसम्म मात्र खुल्ने

भोलि (बिहीबार) देखि देशभरका सबै सरकारी कार्यालय अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएको हो ।
गृह मन्त्रालयका अनुसार यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (मंगलबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्